• २०८३ असार १५
  • 2026 June 29, Monday

मुकुलको गम्भिर आरोपः रवि भारतलाई मनाएर प्रधानमन्त्री बन्न चाहन्थे, स्वर्णिम नेपाललाई भारतको राज्य बनाउन चाहन्थे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेलाई गम्भिर आरोप लगाएका छन् ।

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम अँध्यारोबाट उज्यालोतिरमा ढकालले उनीहरुलाई आरोप लगाएका हुन् ।

प्रचण्ड नेतृत्वको दोस्रो पटक सरकार बन्दा सभापति लामिछानेले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग संवाद गर्न भनेको बताए । उनले भने् ‘पार्टीको तर्फबाट मलाई भारत मामिला हेर्ने जिम्मेवारी थियो, उहाँ (रवि लामिछाने) ले बारम्बार के भन्नु भयो भने, भारतसँग म जे पनि बुझाउनको लागि, जे पनि गर्नको लागि तयार छु । मलाई प्रधानमन्त्री बनाउनको लागि भारतलाई मनाउनु भनेर उहाँले मलाई पठाउनुभयो । मैले त्यो कुरा कहिल्यै गर्न सकिन् ।’

भारतले दलहरुबीचको आन्तरिक विषयमा चासो नदिएको ढकालले बताएका छन् । क्रिकेटको विकासमा मात्र आफूले भारतसँग कुराकानी गर्ने गरेको उनको भनाई छ ।

अझ गम्भिर विषय त उनले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाललाई भारतसँग गाभ्नेसम्मको कुरा गरेको बताएका छन् । ‘उहाँ (रवि लामिछाने) गृहमन्त्री भएपछि म (मुकुल ढकाल), रवि जी, शिशिर खनाल र स्वर्णिम वाग्लेले भारतिय राजदुतलाई एउटा होटलमा भेट्यौ । होटलको लिफ्टबाट तल ओर्लि सकेपछि स्वर्णिम वाग्लेले नेपाललाई भारतको राज्य अथवा भुटान जस्तो बनाउन सम्झौता गर्दिम । त्यति भनेपछि उनीहरुले मान्छन् । मलाई त्यति बेला झनक्क रिस उठयो ।’

पत्रकारले तपाईले रविलाई मात्र हैन स्वर्णिमलाई समेत संगिन आरोप लगानुभयो भन्ने प्रश्नमा उनले आफू छानविनको लागि तयार रहेको बताएका छन् ।