सिमलताल घटना : चार जनाको मात्र भेटियो शव, बाँकी अझैँ अज्ञात

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ ।

पश्चिम चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको हो । नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको छ ।

शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइ वटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जना यात्रुको शव हुन सक्ने आशंका गरिएको छ ।

हिजो शनिवार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो । भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ ।

बाकी यात्रुहरु अझै अज्ञात भएकाले खोजीकार्य भइरहेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१