• २०८३ असार १५
  • 2026 June 29, Monday

स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयोः मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री डा. मुकुल ढकालले रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई धम्काएको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा उपसभापति स्वर्णिम वाग्लेको सचिवालयबाट फोन गरि कुट्नेु धम्की दिएको उल्लेख गरेका छन् । उनले लेखेका छन् ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन । म सँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ लगायत अनेक भनेकाले हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

मुकुल ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निष्कासित भएपछि उपसभापति डा. वाग्लेलाई गम्भिर आरोप लगाएका थिए । वाग्लेले नेपाललाई भारतको राज्य बनाउन चाहेको एक टेलिभिजन कार्यक्रममा बताएका थिए ।