काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ प्रधानमन्त्री बन्दै छन् ।
एमाले अध्यक्ष ओली आज चौथोपटक प्रधानमन्त्री नियुक्त हुने छन् । सरकार गठनका लागि दिएको समयसीमा आज सकिने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका हुन् ।
राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए । जसअनुसार ओली साँझ प्रधानमन्त्रीमा नियुक्त भई सोमबार बिहान सपथ लिने तयारी छ । सोमबारनै मन्त्रीहरुको टुंगो लाग्ने एमाले सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय दिएका हुन् । शुक्रबार नै एमाले र कांग्रेसले ओलीलाई प्रधानमन्त्रीको दाबी पेस गरेका छन् ।