• २०८३ असार १५
  • 2026 June 29, Monday

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेट गरेका छन्। उनीहरूबीच सोमबार भेटवार्ता भएको हो।

शिष्टाचार भेटका क्रममा राजदूत छनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको कार्यभार सम्हालेका बधाई र शुभकामना दिएका थिए।

भेटमा दुई देशबीचको मित्रतलाई अझै उन्नत बनाउने विषयमा कुराकानी भएको राजदूत छनले जानकारी दिएका छन्।

‘हामी मित्रतालाई अझ प्रगाढ तुल्याउन र व्यावहारिक सहयोगलाई गति दिन सहमत भयौं,’ भेटपछि राजदूत छनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार शपथ ग्रहण गरेका थिए। उनले सोमबार नै कार्यभार सम्हालेका थिए।