• २०८३ असार १५
  • 2026 June 29, Monday

परराष्‍ट्रमन्त्री आरजु र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट

काठमाडौं । नवनियुक्त परराष्‍ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

मंगलबार परराष्ट्र मन्त्रालयमा मन्त्री देउवा र राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटघाट भएको हो ।

उनीहरुबीच नेपाल-भारतबीच सम्बन्ध र सहकार्य लगायत विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशं‌करले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए।