• २०८३ जेठ २५
  • 2026 June 08, Monday

उच्चको आदेशपछि महानगरले थाल्यो न्युरोडको पैदल मार्ग विस्तारको काम (तस्बिर)

काठमाडौं । संघीय सरकार र काठमाडौं महानगरपालिको द्धन्द्धका कारण रोकिएको काठमाडौंको न्युरोडको काम फेरि सुरु गरिएको छ ।

मंगलबार उच्च अदालत, पाटनले पैदलमार्ग विस्तारको काम नरोक्न संघीय सरकारको सडक डिभिजन कार्यालय, काठमाडौंलाई आदेश दिएपछि महानगरपालिकाले आज बिहानैबाट काम थालेको हो ।