काठमाडाैं । नेविसंघ धवलागिरी बहुमुखी क्याम्पस इकाई समिति बाग्लुङकाे कार्यवाहक सभापतिको जिम्मेवारी विशाल थापालाई प्रदान गरिएको छ ।
विशेष परिस्थितिमा इकाईको अधिवेशन गरि नयाँ नेतृत्वलाई स्थापित गराई संगठनलाई चुस्त दुरुस्त बनाउनलाई यो जिम्मेवारी विशाल थापालाई प्रदान गरिएको कुरा निवर्तमान सभापति सुजन सापकोटाले हुलाक सञ्चारलाई जानकारी गराए ।
विशाल थापा स्ववियु सदस्यसहित मगर विधार्थी संघ धवलागिरि बहुमुखी क्याम्पसको अधिवेशनबाट सर्वसम्मतिले निर्वाचित सभापति पनि हुन् ।
त्रिभुवन विश्वविद्यालयले क्यालेन्डरमार्फत् अगामी फाल्गुन १५ गते स्ववियु निर्वाचन गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ ।