काठमाडौं । राप्रपाका सांसद दिपक बहादुर सिंहले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको स्वामित्वमा कहिले आउँछ भनेर सोधेका छन् ।
सिंहले सोधे ‘तपाईले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा ल्याउँदा बल्ल एउटा राष्टवादी नेता देशले पाएको छ जस्तो लाग्छ । तर अहिलेसम्म ती भूभागहरु नक्सामा मात्र सिमित भएको छ । तपाई प्रधानमन्त्री भएको बेला ती भूभाग नेपाल भित्र ल्याएको ३ करोड जनताले हेर्न चाहेको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले उनको प्रश्नको जवाफ दिँदै कुटनीतिक तरिकाले यसको समाधान गर्ने बताएका छन् ।