• २०८३ असार १४
  • 2026 June 28, Sunday

उपेन्द्र यादव फिलिपिन्स जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जान लागेका छन् ।

एसियाली प्रजातान्त्रिक पार्टीहरुको सङ्गठन (सोकडेम एसिया प्यासिफिक) को जुलाई ३० तारिखमा हुन लागेको स्टेरिङ कमिटिको बैठकमा सहभागि हुन अध्यक्ष यादव आज राति ११ः३० बजे फिलिपिन्स जान लागेका हुन् ।भ्रमणमा अध्यक्ष यादवसँगै पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापासमेत सहभागी रहने छन् ।

अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलाइन्सको ग्लोबल कन्फेरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ एरा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।त्यसैगरी अध्यक्ष यादव त्यहाँको राजनीतिक दल अक्बायन सिटीजन एक्सन पार्टीको महाधिवेशनको उदघाटन सत्रमा सहभागी हुनेछन् ।

जनता समाजवादी पार्टी, नेपाल सोकडेम एसिया प्यासिफिकको स्टेरिङ कमिटीको सदस्य रहेको छ । अध्यक्ष यादव साउन १७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।