
काठमाडौं । नेपाली टोलीका मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिदेशीय अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।
त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट चौथो नम्बरमा ब्याटिङमा आएका दीपेन्द्रले ५७ बलमा ६ छक्का र १० चाैकाकाे मद्दतले ११० रन पूरा गरे ।
ऐरीकाे शानदार शतककाे मद्दतमा नेपालले मलेसियालाई २२४ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२३ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि रोहित पौडेल ३४ बलमा ५१ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेर आउट भए । ओपनर कुशल भुर्तेल १२ रन, आसिफ शेख १८ रनमा आउट भए । आदिल अलामले ९ बलमा १४ रन जोडे । आरिफ शेख २ रनमात्रै बनाउन सफल भए ।
मलेसियाको बलिङमा मुहमद वाकिफ, पभनदिप सिंह, स्याजुरल इन्ड्रुस र मुहमद अमिरले समान एक विकेट लिए ।