हाप्किडोमा नेपाललाई २ रजत र २ कास्य पदक

काठमाडौं । थाइल्याण्डमा आयोजना भएको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी मेग्मा गुरुङले रजत पदक जितेका छन् ।

त्यसै गरी राजेन्द्र तामाङ र ईमा थापाले काश्य पदक जितेका छन् ।महिला माईनस –३८ केजी तौलमा स्वर्ण पदकको लागि मेग्मा गुरुङ थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई काश्य पदक प्राप्त गरिन ।

राजेन्द्र तामाङले – ६८ केजी तौलको सेमिफाईनलमा लावोस र ईमा थापा –४७ केजी तौलको कम्बोडिया खेलाडी संग पराजित भई काश्य पदक प्राप्त गरे । यस्तै चन्द्र बहादुर बोहोराले काश्य पदक जितेका थिए ।
नेपालले २ रजत २ काश्य गरी जम्मा ४ पदक ल्याए । च्याम्पियनसिप यहि साउन १७ गते देखि २० गते सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा सम्पन्न भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१