काठमाडौं । काठमाडौंबाट रसुवाको स्याफ्रुवेसीका लागि उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने पाँच जनामध्ये चार जना चिनियाँ नागरिक रहेको पुष्टि भएको छ ।
डाइनस्ट्री हेलिकोप्टरका क्याप्टेन अरुण मल्लबाहेक ज्यान गुमाउनेमा अन्य चार जना चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् ।
सो दुर्घटना बुधबार दिउँसो शिवपुरीमा गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हो।