सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा (आज) शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १५ सय रूपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १५ सय रूपैयाँले बढेर १ लाख ४८ हजार १ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ६ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले बढेर १ हजार ७ सय ३० रूपैयाँमा कारोवार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१