• २०८३ जेठ २५
  • 2026 June 08, Monday

वन सम्बन्धी कानुनहरु समयानुकूल परिमार्जन गरौं : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले समयानुकूल वन, जंगल सम्बन्धी कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौैंमा आयोजित वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद कार्यक्रममा उनले वन क्षेत्र बढेको अवस्थामा वनबाट प्राप्त हुने वस्तु आयात गर्नुपर्ने नै अवस्था रहेको भन्दै यस्तो अवस्था अन्त्य गर्नको लागि नीतिगत सुधार आवश्यक रहेको बताए ।

उनले भने, ‘वन क्षेत्र बढेको अवस्थामा पनि काठजन्य वस्तु आयात गर्नुपर्ने अवस्था छ । वन क्षेत्रलाई नै व्यवसाहिक रुपमा विकास गर्ने हो भने मात्र सोचे अनुसारको प्रतिफल लिन सक्छौं । अहिले धेरै कुराहरुमा कानून पनि बाधकको रुपमा देखिएको छ । समयानुकूल कानून निर्माण गर्नको लागि पनि नीति निर्माताहरुलाई आग्रह गर्न चहान्छु ।’

उनले परम्परागत हिसाबले प्रकृतीको संरक्षण गर्ने हो भने विकास सम्भावना नरहेको भन्दै यसबारेमा समयमा नै नसोच्ने चुनौतीको अवस्था आउनसक्ने बताए।

परम्परागत ढाँचामा वनमा दाउरा लिने, वनका आधारित कृषि गर्ने अवस्था आज नरहेको कारणले पनि डढेलो लाग्ने सम्भावना बढेको पनि उनको भनाई छ ।