काठमाडाैं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले संविधान प्रदत्त अधिकार पूर्ण रुपमा संघले तल्लो तहसम्म नदिँदा स्थानीय तह र प्रदेशले काम गर्न नसकेकाे बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा पुनले तहगत संरचनाले पूर्ण रुपमा काम गर्न नसक्दा जनतामा संघीयताप्रतिको विश्वास गुम्दै गैरहेको बताएका हुन् ।
उनका अनुसार संघीयताप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न र संघीयताको औचित्यताको लागि तहगत समन्वयलाई प्रवाभकारी बनाउनु पर्छ ।
यसैगरी, पुनले प्रदेश सरकार र प्रदेश समितिका सन्दर्भमा संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान (नेपाली कांग्रेसको संशोधित विधान, २०१७ को परिच्छेद ४ दफा १३ को ७(ठ)) अनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधानलाई कुल्चिदै नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भैरहेको बेला नेपाली कांग्रेसका आम साथीहरूको भावना विपरित यस किसिमको निरङ्कुश कार्यशैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने ठहर गरेकाे पनि उल्लेख गरेका छन् ।
उनले यो निर्णयलाई पुनर्बिचार गर्न नेपाली कांग्रेस केन्द्रीय नेतृत्वलाई हार्दिक आग्रह पनि गरेका छन् ।
यस्तो छ पुनले कांग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेकाे धारणा :


