काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा साेमबार पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ ।
पीएनजीविरुद्धकाे खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेकाे हाे ।
साेमबारकाे खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । लिगको अन्तिम खेलमा घाइते भएका कमल सिंह ऐरीको स्थानमा सोमपाल कामी खेल्ने भएका छन् ।