सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन एकसय रूपैयाँले घटेको हो ।

आइतबार १ लाख ५३ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज घटेर १ लाख ५२ हजार ३ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ८ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज १० रूपैयाँले घटेर १ हजार ८ सय ४० रूपैयाँमा कारोवार भैइरहेको छ ।।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१