हेटौंडाको होटलमा महिलाको शव फेला

काठमाडौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित रत्न एण्ड लज होटलमा एक महिलाको शव फेला परेको छ ।

मृतक महिलाको उमेर २५ देखि ३० वर्षको बीचमा रहेको अनुमान गरिएको छ ।स्थानीयवासीले बताए अनुसार सोमबार बिहान करिब ८ बजे घटनाबारे जानकारी पाइएको थियो । आइतबार बेलुकी ५ बजेतिर एक पुरुष र महिला उक्त होटलमा प्रवेश गरेको देखिएको थियो ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोली घटनास्थलमा पुगी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१