राष्ट्रपति पौडेलले गरे पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसहित श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको टीका र प्रसाद ग्रहण गरे ।राष्ट्रपति पौडेल पाटन कृष्ण मन्दिर पुग्दा ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, सांसदहरूलगायतले स्वागत गरेका थिए ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी सोमबार देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदै छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१