• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

उपाधिका लागि नेपालले दियाे पपुवा न्युगिनीलाई १ सय ६९ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय टी–२० शृङखलाको फाइनल खेलमा नेपालले उपाधिका लागि पुपुवा न्यूगिनी (पीएनजी) लाई १ सय ६९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारे पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएकाे हाे ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरी र करण केसीले उत्कृष्ट प्रदर्शन गरे । दिपेन्द्रले ३८ बलमा ५ चौका सहित सर्वाधिक ५४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले । करणले १२ बलमा ५ चौका र एक छक्कासहित ३३ रन जोडे ।

ओपनर कुशल भुर्तेल २५ रन, आसिफ शेख २९ रन, रोहित पौडेल २ रनमा आउट भए । आदिल अलाम १५ रनमा पभेलियन फर्किए ।

पीएनजीको बलिङमा सिमो कामियाले सर्वाधिक तीन विकेट लिए । चाड सोपेर, काबुवा मोएरा र रिले हिकुरेले समान एक विकेट लिए ।