स्टार्टअप उद्यमलाई चेम्बर अफ कमर्सको साथ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्टार्टअप उधमशिलता कार्यका लागि सहयोग गर्ने भएको छ ।
चेम्बर अफ कमर्सको स्टार्टअफ एण्ड इन्नोभेशन समिति र अन्नपुर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा स्टार्टअप उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौतापत्रमा चेम्बर इन्नेभेशन समितिका सभापति पंकज जालान र अन्नपुर्ण मिडिया नेटवर्कका महाप्रवन्धक मनोज बस्नेतले हस्ताक्षर गरेका हुन् ।चेम्बरले युवा उद्यमशिलता सम्वन्धी संजाल विस्तार गर्ने, कानूनी सहायता र लगानीका लागि सहजीकरण गर्ने र यसका लागि अन्नपुर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचार प्रसार गर्ने सम्वन्धमा सहमति भएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले स्टार्टअप उद्यमशिलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन् । युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन एवं रोजागरी सिर्जना गर्न चेम्बरले स्टार्टअफ एण्ड इन्नोभेशन समिति मार्फत काम गरिरहेको अग्रवालले बताए।
स्टार्टअप एण्ड इन्नोभेशन समितिका सभापति पंकज जालानले पनि युवा उद्यमशिलता विकासका लागि अभियान चलाउने र युवाहरुलाई समितिका तर्फबाट आवश्यक सहयोग उपलव्ध गराउने बताए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१