• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

‘कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित दिगो ग्रामीण विकासका लागि विकास संघ(आफा) को क्षेत्रिय कार्यशाला तथा ११औं साधारणसभामा बोल्दै मन्त्री अधिकारीले किसानको प्रतिनिधित्व गर्ने किसानहरुले, कृषकका मर्म बुझेकाहरुले आवश्यक पहल गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘कृषि सम्बन्धि नीति राम्रो बनाएर व्यवहारमा ढाल्न जरुरी छ । किसानको प्रतिनिधित्व गर्नुुहुने किसानहरुले, कृषकका मर्म बुझ्नुभएकाहरुले उहाँहरुले यसको लागि आवश्यक पहल गर्ने बेला भएको छ ।’

साथै उनले किसानको उन्नती हुन्न नहुञ्जे देशको प्रगति नहुने बताए । उनले सरकारले नेपालमा रहेका भूमिहिन, अव्यवस्थित, किसानहरुलाई व्यवस्थित गर्न लागेको बताए ।उनले भने, ‘जबसम्म किसानको उन्नती हुन्न, जबसम्म कृषकहरुलाई अगुवा बनाउँदैनौं तबसम्म देशको प्रगति हुन सक्दैन । कतिपय मुलुकहरुमा त्यस्तो नहोला, आम रुपमा । त्यो पनि एसियाका देशहरु कृषि मै आधारित छौं । कृषकहरुमा एकआपसमा सम्बन्ध जोडिएको हुन्छ ।

हामी यहाँका उत्पादनहरु अन्यत्र लान्छौं, अन्यत्रका यहाँ ल्याउँछौं । एक आपसमा हामी त्यो हिसाबले पनि हामी सम्बन्धित छौं । अहिले नेपाल सरकारले जनतालाई आधारभुत रुपमा खाद्य सम्प्राभुद्धा अथवा खाद्य अधिकारको ग्यारेन्टी गरेको छ । संविधानमा उल्लेख नियमहरुको कार्यान्वयनको निम्ति काम गरिरहेको छ । सरकारले नेपालमा रहेका भूमिहिन, अव्यवस्थित, किसानहरुलाई व्यवस्थित गर्न लागेको छ ।’