• २०८३ साउन २
  • 2026 July 18, Saturday

‘सहकारी ठगीको विषयमा रवि लामिछानेले क्लिन चिट पाइसक्नुभयो’

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिशिर खनालले रवि लामिछानेले सहकारीको ठगीको विषयमा क्लिन चिट पाएको जानकारी दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सांसद खनालले लामिछाने सहकारी ठगीमा संलग्न रहेको कुनैपनि प्रमाण नभेटेको निष्कर्ष संसदीय समितिले निकालेको जानकारी दिएका हुन् ।उनले भने,‘जुन आरोप वा आक्षेप माननीय रवि लामिछानेमाथि लागेको थियो, त्यसमा प्रशस्त प्रमाण भेटिएन । सहकारीको रकम अपचलन, पैसा हिनामिना गरेको छ भन्ने आक्षेपबाट पूर्णरुपमा रवि लामिछानेले समितिमार्फत क्लिन चिट पाउनुभएको छ ।’