एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाई

काठमाडौं । चीनको हाङझावमा हुने २० औं एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाई गरिएको छ ।

सोमबार राष्ट्रिय खेलकुद परिषद्को सभा हलमा खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कार्यक्रमको आयोजन गरी २० औं एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाई गरेका हुन् ।

च्याम्पियनसिपमा सहभागी हुने खेलाडी टोलीमा कुशल श्रेष्ठ(हेड कोच)मान्दे काजी श्रेष्ठ (कोच) मिनबहादुर तामाङ, सन्तोष श्रेष्ठ, मोहम्मद शेखु आलम, आशिष श्रेष्ठ ,सोनिम मानन्धर, जिया कार्की, निरुपा डोङ तामाङ, एरिका गुरुङ, एलिसा रसकोटी मगर मेघा लिम्बु टप्पी थापा रहेका छन् ।खेलाडी टोली भोलि मंगलबार चीन प्रस्थान गर्नेछन् । असोज ३ गतेबाट सुरु हुने २० औं एसियाली कराते च्याम्पियनसिप तीन दिन (असोज ६) गतेसम्म हुनेछ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१