भौतिक संरचना सञ्चालनका लागि सम्बन्धित निकायसँग छलफल जारी छ : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय ममिलामन्त्री अजयकुमार चौरसियाले भौतिक संरचना सञ्चालनका लागि कानून मन्त्रालयले सर्वोच्च अदालतको निकायसँग सम्बन्ध स्थापित गरिरहेको बताएका छन् ।

आइतबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले भौतिक संरचना सञ्चालनको मुख्य सवाल रहेकाले अदालतसँग पनि छलफल गरेर अगाडि बढिरहेको बताएका हुन् ।उनले भने, ‘भौतिक संरचना सञ्चालनका लागि कानून मन्त्रालयले सर्वोच्च अदालत लगायतको निकायसँग सम्बन्ध स्थापित गरिरहेको छ । सञ्चालनकै मुख्य सवाल रहेकाले सरकारसँग पनि छलफल गरेर त्यसमा पनि के गर्न सकिन्छ गृह मन्त्रालय र महिला मन्त्रालयसँग पनि कुरा गनुपर्ने अवस्था छ । ’

यस्तै उनले नयाँ कानून संशोधनको क्रममा समितिका सांसदहरुसँग छलफल गर्नुपर्ने बताए । उनले बलात्कार सम्बन्धिको मुद्दामा कुन जबरजस्ती हो कुन मन मिलेर हो त्यसमा पनि कानून संशोधन गनुपर्ने बताए । ‘संविधानलाई कार्यान्वयन गर्दा कहाँ कहाँ कठिनाई छ के के संशोधन गर्दा कुन कुन कानून बनाउँदा सशक्त रुपले आम मान्छेले आफ्नो अधिकारलाई प्रयोग गर्न पाउँछन् । त्यसका लागि मन्त्रालयमा छलफल पनि गरेका छौं । ’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१