• २०८३ साउन ९
  • 2026 July 25, Saturday

ऐतिहासिक पदक विजेता एरिका गुरुङ स्वदेश फिर्ता

काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।

मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन् ।

तर एसियाली कराँतेको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालले पहिलो पटक पदक जितेको हो । एक वर्षअघि हाङचाउमै भएको १९ औं एसियाली खेलकुदको कराँतेमा पनि उनले रजत पदक जितेकी थिइन् ।