बाढी पहिरोमा परि उपत्यकामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी शनिबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

काठमाडौंमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार गरिएको छ । ललितपुरमा ५ जना घाइते हुँदा ४१६ जनाको उद्धार गरिएको गृहमन्त्रालयको भनाइ छ ।

भक्तपुरमा २ जना घाइते हुँदा ४८ जनाको उद्धार गरिएको छ । उद्धारका लागि ४ हजार ५१० जना सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१