बर्दघाट नगरपालिकाको पानीको शुद्धता मापन प्रयोगशालाको रसायनशास्त्रीको रुपमा विष्णु प्रसाद काफ्ले चयन भएका छन्। काफ्ले विगत २० वर्षदेखि निरन्तर त्रिभुवन विशवविद्यालय अन्तर्गत अध्ययन, अध्यापन र अनुसन्धान कार्यमा सक्रिय छन्। रसायनशास्त्रमा गहिरो रुचि राख्ने काफ्लेले अब बर्दघाटमा पानीमा हुने हानिकारक रसायनहरु र सुक्ष्म जीवहरूको अनुसन्धान गर्नेछन्।
तराईको जमिनमुनिको पानीमा पाइने आर्सेनिक तत्व अत्यन्तै हानिकारक छ जसले क्यान्सर सम्म नियत्याउने जोखिम बढाउँने अन्तराष्ट्रिय अनुसन्धानले देखाएको छ। काफ्ले भन्छन् ‘अहिले बर्दघाट नगरपालिका विभिन्न ठाउँको जमिनमुनिका खानेपानीका स्रोतहरूका नमूना निरन्तर परीक्षण गरिने र यसले बर्दघाट नगरवासीहरु लावाम्बित हुनेछन् ।’
उक्त प्रयोगशालामा पानीको आर्सेनिक, पि. एच, तापक्रम, टि. डी. एस., आइरन, ई. कोलाई, इलेक्ट्रिकल कन्डक्टिभिटि , टर्विडिटि परीक्षण हुनेछ।