उदयपुरमा फेरि विभत्स घटना, गहना लुटपाट गरी महिलाकाे हत्या

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ ।

बुधबार राति घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनकाे हत्या भएकाे प्रहरीले जनाएकाे छ । श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका उनका श्रीमान् बच्चुलाल घर फर्किदा सुखरीदेवी मृत अवस्था फेला परेकी थिइन् ।

घटनास्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाट भएकाे पनि प्रहरीले जनाएकाे छ ।

मृतक चौधरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगिएकाे छ । घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१