• २०८३ जेठ २२
  • 2026 June 05, Friday

गोविन्द बन्दी कानून मन्त्री नियुक्त, बडूको मन्त्रालय परिवर्तन

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका छन् ।

प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई मन्त्री बनाएका हुन् । उनको शपथ राष्ट्रपति कार्यालयमा बिहीबार दिउँसो २ बजेका लागि राखिएको छ ।

यसैबीच, हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन भएको छ । उनलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

सत्तारुढ गठबन्धनभित्र छलफलपछि यो निर्णय लिइएको हाे । नवनियुक्त मन्त्री बन्दीले एमसीसी पारित गर्ने बेलामा व्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्नमा भूमिका खेलेका थिए ।