५ लाख पर्ने बाइक २ लाखमा बिक्री ! ७ वटा बरामद

काठमाडौं । ५ लाख पर्ने बाइक २ लाखमा बिक्री गर्न खोजेपछि प्रहरीले बरामद गरेको छ ।

पाँच लाख पर्ने बुलेटका नयाँ मोडलहरु नै नेपालको नम्बर प्लेटमा दुई लाख सम्ममा बिक्री गर्न खोजिएको जानकारी आएपछि प्रहरीले बाइककाे खोजी गरेको थियो ।

प्रहरीले भन्सार छलेर चाेरी पैठारी गरी नेपाल भित्र्यााएर नक्कली नम्बर प्लेट राखिएका ७ वटा बुलेट बाइक बरामद गरेको हो । भन्सार छलेका बुलेटका बाइक यसरी सस्तोमा विक्री वितरण गर्न लागिएको प्रहरीले जनाएको छ ।

भारतीय नाकाबाट विभिन्न बाइक भन्सार छली ल्याएका मोटरसाइकलमा नम्बर प्लेट राखी कारोबार गर्ने गरेको सूचनाको आधारमा अनुसन्धान गर्दा उपत्यकाका विभिन्न स्थानबाट ७ वटा बुलेट बाइक बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

सस्तोमा बाइक बिक्री गर्ने भन्दै केही व्यक्तिले ग्यारेजमा मोटरसाइकल छाडेर गएको पाइएकाले ती व्यक्तिहरुको खोजी कार्य सुरु गरिएको कोइरालाले बताए । नेपालमा बिक्री वितरण नै नभएका करिब पाँच लाख पर्ने बुलेटका नयाँ मोडलहरु नै नेपालको नम्बर प्लेटमा दुई लाख सम्ममा बिक्री गर्न खोजिएको उनले जानकारी दिए ।

बरामद भएका रोयल इन्फिल्ड कम्पनीका बुलेट बाइक आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौचरणमा ​पठाइएको महाशाखाले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१