• २०८३ जेठ २२
  • 2026 June 05, Friday

कानून मन्त्री बन्दीले लिए सपथ

काठमाडाैं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद बन्दीले सपथ लिएका छन् । राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री बन्दीलाई सपथ खुवाएकी हुन् ।

प्रधानमन्त्री देउवाले बिहीबार कानून मन्त्रीमा बन्दीलाई नियुक्त गरेका थिए । बन्दीले पछिल्लो समय एमसिसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

नवनियुक्त मन्त्री बन्दीको सपथग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए ।