• २०८३ साउन ९
  • 2026 July 25, Saturday

बेन स्टोक्सको निर्णय लिने क्षमतामा कमी !

काठमाडौं । इंग्ल्याण्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलमले कप्तान बेन स्टोक्सको पाकिस्तानसँगको २–१ टेस्ट सिरिजमा निर्णय लिने क्षमतामा कमी देखिएको बताएका छन् । म्याक्कुलमले स्टोक्सले चोटबाट चाँडै पुनरागमन गरेपछि कप्तानी र बलिङमा समस्या देखिएको खुलासा गरेका हुन् ।

इंग्ल्याण्डले पहिलो टेस्ट जितेपछि स्टोक्सले दोस्रो टेस्टमा पुनरागमन गरे, तर ह्यामस्ट्रिङ चोटको कारण बलिङमा योगदान दिन नसक्दा टोलीको सन्तुलनमा असर परेको थियो । म्याक्कुलमले स्टोक्सको चोटका कारण निर्णय क्षमतामा प्रभाव परेको बताएका छन् ।‘स्टोक्सीको चोट गम्भीर थियो र उनले पुनरागमनका लागि कडा मिहिनेत गर्नुप¥यो । त्यस्तो चोटले मानसिकतामा असर पुयाउन सक्छ,’ म्याक्कुलमले भने ।

‘उनले गल्तीबाट सिक्नेछन् र अबका खेलमा मानसिक रूपमा स्पष्ट रहने प्रयास गर्नेछन्।’इंग्ल्याण्डका प्रशिक्षकले टोलीको आक्रमक शैलीको बचाउ गर्दै भने, ‘यो खेलाडीलाई बिशाल आत्मविश्वासका साथ खेल्न दिने मानसिकतामा भर पर्छ । खेलाडीले कुन शट खेल्ने भनेर बताउने कुरामा हाम्रो ध्यान छैन । हामीले सकारात्मक खेल प्रदर्शन गरेको थियौं ।’म्याक्कुलमले इंग्ल्याण्ड उपकप्तान ओली पोपलाई आगामी न्युजिल्याण्ड भ्रमणमा टोलीमा समावेश गर्ने संकेत दिएका छन् ।पोपले सिरिजमा अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि म्याक्कुलमले उनलाई भविष्यमा महत्वपूर्ण खेलाडीका रूपमा हेरिरहेका छन् ।