काठमाडौँको भित्तामा ‘साम्बा’

काठमाडौं । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ ।ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो ।

पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन् ।अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिहरूको चित्र बनाउने कार्य भइरहेको छ ।फुटपाथको भित्तामा नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र नेपाली ‘म्यारोडोना’ भनेर चिनिने मणिविक्रम शाहको चित्र बनाइएको छ ।

यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्ताहरू चित्र कोरिने महानगरपालिकाले बताएको छ। ।यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ ।चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्बिर खिच्दा नटाँसिइ अलग्गे खिच्न, अन्य कुनै बस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१