• २०८३ साउन २
  • 2026 July 18, Saturday

रवि लामिछानेलाई १३ दिन हिरासत राखिने

काठमाडौं । कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फेरि १३ दिन हिरासतमा राखिने भएको छ ।

लामिछानेलाई म्याद थप्न कास्की जिल्ला अदालत आज लगिएको थियो। यसअघि तेस्रोपटक थपिएको १० दिनको म्याद शनिबार सकिएपछि फेरि थप हिरासतमा राख्न अदालतसँग अनुमति माग्न आइतबार अदालत लागिएको हो।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते कास्की जिल्ला अदालतले पक्राउको लागि अनुमति दिएपछि प्रहरीले काठमाडौंबाट उनलाई पोखरा प्रहरी कार्यालयमा उपस्थित गराइएको थियो । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई चौथोपटक आज अदालत उपस्थित गराइएको थियो।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन गरेको आरोपमा तत्कालीन प्रबन्ध निर्देशक रविसहित उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाईंलाई पनि सँगै अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।