दार्चुलामा जीप दुर्घटनामापरी छ जनाको मृत्युु

काठमाडौं । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको मृत्युु भएको छ ।

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान शैल्यशिखर नगरपालिका–५को सिराडको खोलामा दुर्घटना हुँदा घट्नास्थलमै छ जनाको मुत्यु भएको हो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार अन्य ६ जना घाइते भएका छन् ।उनले मृतकको सनाखत हुन बाँकी रहेको जानकारी दिए । घाइतेहरूलाई उपचारको लागि गोकुलेस्वर अस्पताल पठाइएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१