अर्थतन्त्रलाई फाइदा पुग्नेगरी बैंकहरुले काम गरिरहेका छन् : गर्भनर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकको रकम उत्पादित क्षेत्रमा लगाउनुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले अर्थतन्त्रलाई बढाउनको लागि बैंकहरुले काम गरिरहेको बताएका हुन् ।उनले भने, ‘हामी सबैलाई थाहा छ बैंकको जिम्मेवारी के हो भनेर । बैंकमा कुन हदसम्मको सुशासन कायम गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ ।

राष्ट्र बैंकको मुख्य भूमिका र रकम अहिले उत्पादनशिल क्षेत्रमा जाओस् भन्ने हो । उत्पादित क्षेत्र बढोस् र अर्थतन्त्रलाई बढी फाइदा पुर्याउने गरि बैंकहरुले काम गरिरहेका छन् ।’साथै उनले बैंकिङ क्षेत्रमा कयौं किसिमका साइबर रिस्कहरु भएकाले जोखिम न्यूनीकरणलाई बैंकले जोड दिने बताए । उनले साइबर रिस्कहरुलाई न्यूनीकरण गर्न बैंकले बर्षौंदेखि नयाँ सिस्टम लिन खोज्दा पनि ल्याउन नसकिएको बताए ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१