
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अर्बौं घोटला गरेको आरोप लगाएका प्रसाईं आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ सार्वजनिक गरेका थिए ।