काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली युवा नेता कृष्णा सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेता सिंहले कांग्रेस प्रवेश गरेका हुन् ।
नेता सिंहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री महेन्द्र यादव, महोत्तरी जिल्ला सभापति नागेश्वर यादवलगायतले स्वागत गरेका थिए ।
कांग्रेस प्रवेशपछि नेता सिंहले लोसपा वा अन्य कुनै नेतृत्ववर्गसँग आफ्नाे कुनै गुनासो नरहेको बताए ।
सिंह यसअघि तत्कालीन तमलोपाका युवा मोर्चाको राष्ट्रिय अध्यक्ष, त्यसपछि राजपाका केन्द्रीय प्रवक्ता र अहिले लोसपा पार्टीका केन्द्रिय सदस्य रहेका थिए ।