• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।कालीमाटीमा आज च्याउसहितका केही तरकारीको मूल्य बढेको छ । साग लगायतका केही तरकारीको मूल्य भने थोरै घटेको छ ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ६७, रातो आलु ६८, सेतो आलु ५९, सुकेको भारतीय प्याज १११, लोकल गाँजर १५०, तराईको बन्दा ८५, काउली ११०, रातो मुला ४५, सेतो मुला ३५, लाम्चो भन्टा ५५, तने बोडी १४५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो छ ।कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७२, रातो आलु ६७, सेतो आलु ५६, सुकेको भारतीय प्याज १०७, लोकल गाँजर १४५, तराईको गाँजर १३५, लोकल बन्दा ९०, तराईको बन्दा ७५, स्थानीय काउली ११५, तराईको काउली ९५ रुपैयाँ प्रतिकिलो थियो ।

त्यसैगरी करेला, परबल र लौका ९५, घिरौँला ७५, हरियो फर्सी ५५, भिन्डी १२५, स्कुस २५, रायोको साग ३६, पालुंगोको साग ९५, कन्य च्याउ २१०, डल्ले च्याउ ३७६, कुरिलो ११५०, ब्रोकाउली १५० रुपैयाँ पैतिकिलो छ ।त्यसैगरी रातो मुला ४५, सेतो मुला ३५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, तने बोडी १५०, मकै बोडी ६५, करेला, लौका र परबल ९५, घिरौँला ७५, पाकेको फर्सी ३५, हरियो फर्सी ५५ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको थियो ।त्यसैगरी हिजो भिन्डी १३५, स्कुस २५, रायोको साग ५५, तरुल ९५, कन्य च्याउ २००, डल्ले च्याउ ३२५, कुरिलो ११५०, ब्रोकाउली १२५ रुपैयाँ प्रतिकिलो थियो ।