
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ राउण्ड गोली सहित प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ ।
तनहुँ भानु नगरपालिका-७ की २७ वर्षीया सोबिता नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल एयरलाइन्समा काठमाडौंबाट जापानको नारिता जान लागेकी नेपालीलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा गोली फेला पारेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
-प्रतिकात्मक तस्बिर