काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बिसौं खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो ।
विराटनगरका स्कोट इडवाडले सर्वाधिक ४५ रन हाने । उनले ३४ बलमा ५ चौका प्रहार गरे । लोकेश बमले २६ रन, बसिर अहमदले २१ रन, निकोलश किर्टोनले १९ रन, क्रिस सोलले ७ रन, मार्टिन गुप्तिलले ५ रन, दिपक बोहोरा, प्रतिश जिसी र नरेश भट्टले समान ४,४ रन हाने ।
पोखराका सागर ढकाल र रेमोन रिफेलले समान २/२, कुशल भुर्तेल र दिनेश खरेलले समान १/१ विकेट लिए ।
जारी एनपीएलमा समान ४ खेल खेलेका पोखरा र विराटनगर २/२ अंकका साथ क्रमशः सातौं र आठौं स्थानमा छन् ।