
काठमाडौं । जारी एनपीएलको शनिबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।
टस जितेर पहिला बलिङ गरेको काठमाडौंले १३९ रनको लक्ष्य पाएको थियो । २० ओभरमा ८ विकेट गमाउँदै पोखरा एभेन्जर्सले १३८ रन बनाएको थियो । १३९ रनको लक्ष्य पाएको काठमाडौंले १४.१ ओभरमा ४ विकेट गमाउँदै भेटायो ।
पोखराका रेमोन रिफेरले सर्वाधिक ४१ रन हाने । यस्तै दिनेश खरेलले ३८ रन र दिलिपनाथले २७ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
काठमाडौंका करण केसी र रासिद खानले समान ३,३ विकेट, इरसमस र लेविटले १,१ विकेट लिएका थिए ।
जवाफि ब्याटिङ गरेको काठमाडौंका लागि स्टेफन इस्किन्जीले सर्वाधिक ६० रन प्रहार गरे । यस्तै मिचेल लेविटले ३२ रन, भिम सार्कीले २२ रन, इरसमसले २५ रन बनाए ।
पोखराका विपिन खत्रीले ३ विकेट र मिचेल लिस्कले १ विकेट लिए ।