काठमाडौं । काठमाडौंको कागेश्वरीमा आफैंले आगो लगाएको अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ ।
शनिबार दिउँसो १२ बजेतिर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ८ किँरातचोक नजिक बागमति किनारमा आत्मदाहको कोसिस गरेकी महिलाको पहिचान खुलेको हो । ती महिला चितवनको रत्ननगर नगरपालिका ६ घर भई हाल नारायणटार कोठामा बस्दै आएकी ३८ वर्षिय कमला आचार्य रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आज दिउँसो बा ३५ प ५८१८ नं. को स्कुटर चढी बागमती किनारमा पुगेकी उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएकी प्रहरीले जनाएको छ । गम्भिर घाइते भएकी कमलाको सुष्मा कोइराला मेमोरियल अस्पताल, साँखुमा उपचार भइरहेको छ । घटनास्थलमा सुसाइड नोट समेत फेला परेको र घटना बारे थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले बताएको छ ।
भिडियो