राष्ट्र बैंक पूर्वकर्मचारी संघ केन्द्रीय अध्यक्षमा अश्विनीकुमार ठाकुर

काठमाडौं। राष्ट्र बैंक पूर्व कर्मचारी संघको केन्द्रीय अध्यक्षमा अश्विनीकुमार ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समते रहेका ठाकुर राष्ट्र बैंक पूर्व कर्मचारी संघको केन्द्रीय अध्यक्षमा चुनिएका हुन् । शनिबार भएको २३ औं वार्षिक साधारणसभाले ठाकुरलाई सर्वसम्मतिबाट अध्यक्ष छानेको हो।

संघको उपाध्यक्षमा भोलानाथ प्रेमी उपाध्याय र सदस्यहरुमा नवराज फुयाँल, शिवकृष्ण महर्जन, कमलप्रसाद ज्ञवाली, दीपकबहादुर खड्का, बसन्ती श्रेष्ठ, टिकाप्रसाद उपाध्याय, गौरीशंकर श्रेष्ठ, प्रमोदप्रसाद नेपाल, कृष्णहरि पुडासैनी र बाबुराम आचार्य छन्। ठाकुरसहित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१