
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीचको खेलमा सुदुरपश्चिम ५ रनले विजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।
१५४ रनको लक्ष्य पाएको पोखराले १९.४ ओभरमा १० विकेट गुमाउँदै १४८ रन बनायो । अंक तालिकामा सुदुरपश्चिम पहिलो स्थानमा छ भने पोखरा सातौं स्थानमा रहेको छ ।