• २०८३ साउन १
  • 2026 July 17, Friday

रातो बङ्गला फाउन्डेसनको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन ललितपुरमा

काठमाडौं । रातो बङ्गला फाउन्डेसनले गुणस्तरीय शिक्षाको लागि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन पुष ५ गतेदेखि ७ गतेसम्म ललितपुर जिल्लामा आयोजना गर्ने भएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै सम्मेलन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयवाट स्वीकृती प्राप्त गरेर मन्त्रालयसँगको सहकार्यमा हुन गइरहेको जानकारी दिएका छन् ।यसले स्थापना कालदेखि गुणस्तरीय शिक्षाका लागि विभिन्न शैक्षिक तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्नुका साथै नेपालका विभिन्न भूभागमा रहेका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्न सहयोगी भूमिका खेल्दै आएको छ ।सम्मेलनको मूल उद्देश्य शिक्षाको गुणस्तर विषयमा छलफल गरी शिक्षामा भएका कमीकमजोरीहरूको निवारण गरेर कक्षामा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु हो ।

सम्मेलनले नेपालको शिक्षा क्षेत्रको मार्गदर्शन तथा गुणस्तर अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । सम्मेलनमा देशभरी तथा विदेशबाटसमेत गरी पाँच सयभन्दा धेरै शिक्षाकर्मीहरूको सहभागिता रहने जानकारी पनि गराइएको छ ।सम्मेलन सम्पन्नभएपछि देशको ७ ओटै प्रदेशमा यस्तै सम्मेलन आयोजना गर्ने योजना पनि रहेको छ ।सम्मेलनको छलफलका विषयवस्तुमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण वा सामाजिक–भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवर्द्धन, पूर्व प्राथमिक शिक्षा, पढाइ र सिकाई रहेको छ ।सम्मेलनमा शिक्षा सम्बन्धी विभिन्न विषयका विज्ञहरु रहने छन् र आ–आफ्ना तर्फबाट योगदान पुयाउने छ । अन्तर्राष्ट्रिय स्तरका शिक्षा क्षेत्रमा योगदान गरेका विज्ञहरुलाई पनि यस सम्मेलनमा आमन्त्रण गरिएको छ ।