• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

चितवन राईनोजले टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिलए) को आज हुने पहिलो इलिमिनेटरमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ रोजेका छन् ।यो खेल दुबै टोलीका लागि ‘नकआउट’ म्याच हुनेछ, यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

चितवन र कर्णालीले लिग चरणमा समान नतिजा हासिल गरेका थिए । दुवै टोलीले सात खेलमा चार जित र तीन हारसहित आठ अंक जोडेका छन् । नेट रनरेटका आधारमा चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो ।समूह चरणमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो, जसले कर्णालीलाई थप आत्मविश्वास दिएको छ ।