सुदुरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदुरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा ९ विकेट गुमाएर सदुरपश्चिमले १८४ रन बनायो । टस जितेर ब्याटिङ गरेका सुदुरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ६९ रन, विनोद भण्डारीले ४१ रन बनाए । म्याकमुलुन र हरमित सिंहले समान १४, १४ रन हाने । स्कट कुगेलिगेनले १३ रन र दिपेन्द्र सिंह ऐरीले ९ रन प्रहार गरे ।

जनकपुरका मोहमद मोसिन र किशोर महत्तोले समान ३,३ विकेट, ललित राजवंशी, जिमि निसम र समान १,१ विकेट लिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१